मानव धर्मद्वारा आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री वितरण

पोखरा । पोखराको रानीपौवामा रहेको नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशले फ्रन्ट लाईनमा कार्यरत पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बुद्ध जयन्तीको उपलक्ष्यमा पोखराको रामबजार, सरांगकोट तथा न्युरोडमा कार्यरत प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

विश्वभर कोभिड १९ को दोश्रो तथा तेस्रो भेरियन्ट फैलिरहेको अवस्थालाई मध्यनगर गर्दै पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई ४० लिटर सेनिटाईजर, ३० थान अक्सिजन मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।सोहि अवसरमा समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा “अक्सिजन प्लान्ट” निर्माणका लागि २१ हजार १ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशका अध्यक्ष पिताम्बरा बाइजीले कोभिड १९ को बिषम परिस्थितिमा सेवानै सबै भन्दा ठुलो धर्म रहेको बताउदै मानव सेवामा निरन्तर लागिरहने बताईन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी निषेधाज्ञामा घरमा सुरक्षीत, संयम र उच्च मनोवलका साथ सचेत रहँदै मानविय सेवामा जोडिन पनि उनले आग्रह गरेकी छन् ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका समयमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको समितिलेपहिलो निषेधाज्ञाको बेलामा पनि खाद्यान्न तथा राहत सामग्रीहरु वितरण गरेको थियो ।

You might also like

Comments are closed.