‘यस कारण मंगलम नै सहि छ !’

काठमाडौं । पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो CPVC पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक पनि हो । यसका हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थ र जर्मन प्रविधिबाट बनेको हुँदा यिनीहरु मजबुत र टिकाउ हुन्छन् साथै यिनीहरु नेपाल गुणस्तर मान्यता प्राप्त छन् ।

रुपन्देहीको सिद्धार्थनगरमा पहिलो कारखाना खोलेको यस कम्पनीले हालै रुपन्देहीकै रोहिणीमा वार्षिक १२ हजार मेट्रिक टन उत्पादन क्षमताको अर्को नयाँँ कारखाना खोलीसकेको छ । यस कारखानामा CPVC Plus, AquaPro, Ultraflo, ProDrain SWR, Borewell, Wiresafe, HDPE, RainPro लगायत हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन हुन्छन् । यस सन्दर्भमा विगत ५ वर्षदेखि इन्जिनियरिङ गर्दै आएका ई. आनन्दकुमार झासँग गरिएको कुराकानी उनकै शब्दमा :

–  तपाई यस पेसामा संलग्न हुनुभएको कति भयो ?
म यो पेशामा बिगत ५ वर्षदेखि आबद्ध छु ।

– मंगलम पाईप्स र फिटिङप्रति तपाईको धारणा के छ ?
सर्वप्रथम यो नेपाली ब्रान्डको पाइप हो । उपलब्धताको हिसाबले यो नेपाल अधिराज्य भर सजिलै उपलब्ध हुने पाइप हो । यसले अहिले सम्म पाइपको फिटिंगदेखि लिएर पाइपको साइजअनुसार सबै पाइप CPVC, UPVC, HDPE सहजै उपलब्ध गराइरहेको छ । पाइपको सम्पूर्ण रेञ्ज उत्पादन गर्ने अनि फिटिङस पनि सबै आफै उत्पादन गर्ने हुनेले बजारमा उपलब्धताको समस्या छैन । स्थापनाकाल देखि नै यो पाइपले उपभोक्ता माझ आफ्नो विश्वास कायम राखेको छ । उत्पादनहरु गुणस्तरीय छन र यसका उत्पादनहरू ISO 9001:2015 तथा NS प्रमाणित छन् ।

इन्जिनियरको हिसाबले तपाई प्लम्बिंग पेशामा आबद्ध सहकर्मी साथीहरु र उपभोक्ताहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
प्लम्बिङ्ग भनेको घरको लागि एकदम नै महत्वपूर्ण कुरा हो । यसमा कदापी मध्यनजर गर्न मिल्दैन । त्यसकारणले घर धनिहरुलाई प्लम्बिङ्ग सामग्री छनोट गर्दा सस्तो मात्र नखोजी गुणस्तरीय उत्पादन खोज्न र जानकारको सल्लाह राम्रो संग लिएर मात्रै छनोट गर्न सुझाब दिन्छु । अनि प्लम्बर साथीहरुलाई प्लम्बिङको समान छनोट गर्दा राम्रो गुणस्तर मान्यता प्राप्त अनि सजिलै उपलब्ध हुने र समान खरिद गरिसके पछि पनि कम्पनीले हेर्ने खालको समान प्रयोग गर्न सल्लाह दिन्छु ।

म एउटा इन्जिनियरकोे हिसाबले यो सुझाव दिन चाहन्छु कि, मंगलम पाइप्स अरु पाइपहरुको तलुनामा गुणस्तर, टिकाउ र सुपथ मुल्यमा पाउने एक विश्वासिलो नेपाली उत्पादन हो । यसको उत्पादनहरु वातावरण मैत्री र टिकाउ भएको हुँदा बजारमा CPVC, PVC, HDPE र LLDPE मा यसको आफ्नो छुट्टै स्थान रहेकोले म यो ब्रान्डलाई नै प्राथमिकता दिन्छु ।

मंगलम र अरु पाईप्स्को तुलनामा केहि फरक पाउनु भएको छ ?
इन्जिनियर भएको हैसयातले म अरुभन्दा नि उत्पादनको लागि प्रयोग हुने कच्चा पदार्थ कतिको गुणस्तरीय छ, अनि के कस्तो प्रविधि प्रयोग भएको छ , परिक्षण प्रक्रिया पास भएको छ छैन, अनि उत्पादन गर्ने प्लान्ट कुन स्तरको छ भन्ने कुरालाई ध्यानमा राख्ने गर्छु । माथि उल्लेख भएको सबैमा मङ्गलम अब्बल स्थानमा रहेकोले मलाई मङ्गलम खास लाग्छ । अत्याधुनिक टेक्नोलोजी ,पानीको दवाब सहन सक्ने, वातावरणमैत्री, अत्याधिक टिकाऊ भएर आफ्नो गुणस्तर सफलता पुर्वक कायम राखेको हुनाले म यो पाइपलाई छुटै भावनाले हेर्छु ।

-तपाईंको विचारमा मंगलम नै किन सहि छ ?
सर्वप्रथम त म नेपाली उत्पादनलाई प्रोत्साहन गर्न चाहन्छु। र जुन हिसाबले मङ्गलमले नेपालमै अन्तर्राष्ट्रिय स्तरको उद्योग स्थापना गरेर नेपाललाई पाइपिङ्ग क्षेत्रमा आत्मनिर्भर हुन टेवा पुर्याई रहेको छ  यो सम्पूर्ण देशकै लागि हितमा छ । र, एउटै छानामुनिबाट धेरै रेन्जको गुणस्तरीय उत्पादन दिएर बजारको अभाव पनि पुरा गर्न सफल भएको छ। मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर बनाइन्छ । यसै कारण मङ्गलमका पाईप टिकाउ, मजबुत र आगो प्रतिरोधी भएको हुनाले नै सहि छ।

You might also like

Comments are closed.