मन्जु खाँणलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

 

काठमाडौं । सामाजिक अभियान्ता मन्जु खाँण ठकुरीलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मान गरेको छ । मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सम्मान गरेका हुन् ।

मन्जु श्री असहाय संरक्षण केन्द्रका अध्यक्ष खाँणले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छन् । सम्मानले आफूलाई थप प्रोत्साहन मिलेको उनले बताइन् ।

‘सम्मानले मलाई थप जिम्मेवारी थपिएको महसुस भएकोे छ,’ उनले भनिन्, ‘आगामी दिनमा अझ धेरै सामाजिक यात्रामा निरन्तर लाग्ने प्रण गरेको छु ।’ सामाजिक क्षेत्रमा काम गर्नका लागि सहयोग गर्ने तथा प्रेरणा प्रदान गर्ने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेकी छन् । सम्मान पत्र तथा नगद ५० हजार रुपैयाँसहित उनी सम्मानित भएकी हुन् ।

You might also like

Comments are closed.