अब मञ्जुश्री फाइनान्सको खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं । अब मञ्जुश्री फाइनान्सको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । फाइनान्सले ग्राहको सुविधालाई मध्यनजर गर्दै अब अनलाइन अकाउन्ट ओपनिङको सुविधासुविधा ल्याएको हो ।

फाइनान्सले हाल स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मञ्जुश्री प्रिमियम बचत खाता र १ वर्ष वा सो भन्दा बढि अवधिको व्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ ।

मञ्जुश्री फाइनान्सको केन्द्रिय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ । त्यस्तै, काठमाडौंको न्युरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज, लगायतका शाखाबाट कारोबार गरिरहेको छ ।

lcci
You might also like

Comments are closed.