मञ्जुश्री फाइनान्सको न्युरोड शाखा कार्यालय खिचापोखरीमा स्थानान्तरण

काठमाडौं । मञ्जुश्री  फाइनान्स लिमिटेडको न्युरोड शाखा कार्यालय काठमाडौंको खिचापोखरीमा स्थानान्तरण भएको छ ।

आईतबारदेखि हाल रहेको स्थान भन्दा करिब ५० मिटर उत्तरतर्फ खिचापोखरीमा स्थानान्तरण भई सेवा प्रवाह सुरू भएको  फाइनान्सले जनाएको छ । सो शाखाको फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद अधिकारीले गरेका हुन् । ग्राहकको सुविधालाई ध्यानमा राखी शाखाको स्थानान्तरण गरिएको शाखा प्रबन्धक सन्जीब श्रेष्ठले जानकारी दिए ।

हालसम्म करिब २३ अर्ब निक्षेप सङ्कलन गरी करिब १८. ८ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म १ लाख ५० हजार बढी ग्राहकलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.