मानुषी लघुवित्तमा जागिरको अवसर

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लि. ले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थी) पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदको लागि एसईई उत्तिर्णदेखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

यसका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तर महिलाको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ । इन्छुक नागरिकले भदौ १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

jutta mela

इच्छुक उम्मेदबारले इमेल  manushi.hr.@gmail.com मार्फत दरखास्त दिन सक्नेछन् ।

You might also like

Comments are closed.