मातृभूमि सहकारीको अध्यक्षमा खनाल

पोखरा । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले हरिप्रसाद खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

पोखरा ८, कास्कीस्थित उक्त सहकारीको शनिबार सम्पन्न सभाबाट सञ्चालक समितिको उपाध्यक्षमा शिवराज पौडेल, सचिवमा बलराम गिरी, कोषाध्यक्षमा इच्छाबहादुर वाग्ले र सदस्यहरुमा राधादेवी पौडेल, कृष्णराज भट्टराई, नारायणी पहारी ढकाल, कविराज सुवेदी, दुर्गाचन्द्र अर्याल र लेखा सुपरिवेक्षण समितिको संयोजकमा अमर अधिकारी र सदस्यहरुमा शान्तकुमार श्रेष्ठ, निर्मला अधिकारी भण्डारी चयन भएका हुन्।

डा. श्रीकान्त शर्मा खतिवडाको संयोकजकत्वमा सदस्यहरु नविन बहादुर अधिकारी र तारा शर्मा रहेको ३ सदस्यीय निर्वाचन उपसमितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।सभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. कास्कीका अध्यक्ष साबित्रा कोइरालाले शेयर सदस्यले सहकारीप्रति गर्ने विश्वास र सहयोगले नै सहकारीको भविश्य निर्धारण गर्ने बताइन्।

jutta mela

संस्था जन्माएर मात्रै कर्म पुरा नहुने भन्दै अतिथि कोइरालाले त्यसलाई हुर्काउनु वा लक्ष्यसम्म पुर्‍याउनु सदस्यकै दायित्व हो । सहकारीमा सदस्यलाई दायित्वबाट पन्छिन र नेतृत्वकर्तालाई प्रश्न र सुझावबाट नियममा हिडाउन शेयर सदस्यकै मुख्य भूमिका रहने बताइन् ।
कास्की बचत तथा ऋण सहकारी संघ लि.का सहसचिव मिना रानाभाटले वित्तिय सेवाबाट सदस्यको जिवनस्तर परिवर्तन गर्नुपर्ने स्वतन्त्र सहकारी संस्थालाई राज्यले कठोर नियम कानुन ल्याएर सदस्यलाई दिने सेवामा कस्न लागेको बताइन् । नियम कानुन बनाउने ठूला स्वार्थ समूहले नै स्वच्छ सहकारीको छविलाई धुमिल बनाउन र आफ्ना स्वार्थ मात्रै पुरा गर्न लागेको हो कि भन्ने महशुस भएको बताउँदै उनले राज्यले नियमन गरेर नियमभन्दा बाहिर जानेलाई कारवाही गरी नियन्त्रण गर्नु पनि राज्यकै काम भएको बताइन्।

संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले संस्थाले दिने वित्तिय सेवा आज १२ औँ वर्षको प्रवेश गरिरहँदा गर्व गर्न लायक भएको बताए । आजसम्मको यात्राले संस्थाको लक्ष्य प्राप्ति उन्मुख यो सफलताको आधार सबै शेयर सदस्य भएको बताए । तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष भरत केसीले सहकारी मार्फत हुने सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्य समाज र सहकारीको सहकार्य मार्फत अगाडि बढाउन अनुरोध गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. पोखरा फिल्ड इन्चार्ज यमकला सुवेदी पौडेलले पल्र्स पद्दती अनुसार अगाडी बढ्ने सहकारी संस्थामा समस्या नआउने बताइन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार मुरलीमोहन काफ्ले, वरिष्ठ पत्रकार नारायण कार्की, शेयर सदस्य निलकण्ठ शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो । चन्द्रविक्रम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हरिप्रसाद खनाल र सञ्चालन सचिव शिवराज पौडेलले गरेका थिए ।

कार्यक्रममा विद्यावारिधी गर्ने शेयर सदस्य डा. कर्णविर पौड्याल, डा. श्रीकान्त शर्मा खतिवडा, डा. ज्ञानेश्वर शर्मा, जेष्ठ सदस्यमा ईश्वरबन्धु गौतम, उत्तरादेवी थापा, हुनश्री गुरुङ, पार्वतीदेवी जैसी र विष्णुप्रसाद ढेवाजु, उत्कृष्ट बचतकर्तामा कृष्णप्रसाद तिमिल्सिना, दानुमाया गुरुङ, उत्कृष्ट कारोबारमा सिता सिग्देल, लक्ष्मण केसी वर्ष उत्कृष्ट कर्मचारीमा संगीता रानाभाटलाई सम्मान गरिएको थियो भने पोखराका ओम हस्पिटल, फेवा सिटी हस्पिटल, अन्नपूर्ण सिटी क्लिनीक र युआरएलसँग स्वास्थ्य सम्बन्धि छुट सम्झौता गरिएको थियो ।

You might also like

Comments are closed.