काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर २०२५’ प्राप्त गरेको छ । अवार्डले निशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गरेको बताइएको छ ।
जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए ।
नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको छ बताइएको छ ।
Comments are closed.