काठमाडौं । एमएडब्लु वृद्धिले आजबाट चाडबाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरू गरेको छ । काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दीपल, नामी र सेरेसका आधिकारिक शोरुममा चाडबाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरू गरिएको कम्पनीले जनाएको छ ।
आइतबारसम्म चल्ने एक्सचेन्ज मेलामा ग्राहकले आफ्ना पुराना गाडीहरू साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दीपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष ईभी ब्राण्डका चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।
ग्राहकले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीको सर्वोत्कृष्ट मूल्याङ्कन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् । जसबाट निश्चित मोडेलमा अधि(कतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।
एक्सचेन्ज क्याम्पमा गाडी बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् ।साथै, एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिीक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । काठमाडौं बाहिरका सबै शोरुममा पनि ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनेछन् ।
एक्सचेन्ज मेलाको पहिलो दिन शुक्रबार ग्राहकको उत्साहजनक सहभागिता रहेको कम्पानीले जनाएको छ । दीपल, अवतार, नामी र सेरेसका ईभी, रोबोटका क्रियाकलाप र रेसिङ सिमुलेटरले ग्राहकलाई आकर्षित बनाएको छ ।
Comments are closed.