एमएडब्लुले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्दै

काठमाडौं । एमएडब्लु वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (इभी) मा केन्द्रीत सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ ।

ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउन शहरका प्रमुख स्थानमा स्थापना हुने सर्भिस सेन्टरले एमएडब्लुका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनका लागि मात्र समर्पित हुनेछन् ।

सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन्, जसले धेरै संख्याका गाडीलाई एकैपटक सजिलो, सुक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन् । एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लुका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन् ।

यस विस्तारसँगै एमएडब्लु वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ । आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लु वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ ।

नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.