इटहरी । इटहरीमा इलेक्ट्रिक एसयुभी नामी भिगो अनावरण गरिएको छ । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो अनावरण गरेको हो ।
डोंगफेंगको अत्याधुनिक Quantum Architecture Platform मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड–साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ । यसका Magic Cube Design ले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्राण्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ ।
नामी भिगोमा रहेको 99 kW मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ । यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्ः 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ । केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ ।
सेग्मेन्ट–फस्र्ट फिचरहरू
- Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम
- बाहिरी मनोरञ्जनका लागि Exterior Music Speaker
- संगीतको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting
- व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू
- 3C फास्ट चार्जिंग सिस्टम – झन्झटरहित फास्ट चार्जिङ
नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिङ र मल्टी–मोड स्टेयारिंग उपलब्ध छ । भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन् ।सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ ।
नामी भिगो E2 को मूल्य रु. ३८ लाख ९९ हजार निर्धारण गरिएको छ भने E2+ भेरियन्ट रु. ४१ लाख ९९ हजारमा उपलब्ध छ । विशेष प्रारम्भिक अफरअन्तर्गत भिगो E2 रु. ३७ लाख ९९ हजारमा र E2+ रु. ४० लाख ९९ हजारमा प्राप्त गर्न सकिन्छ । एमएडब्लु वृद्धि मोटर्सका सीइओ प्रशन्न पन्तले नामी ०१ का एक हजार भन्दा बढी सन्तुष्ट मालिकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ । इटहरी क्षेत्रका लागि श्रीजना मोटर्स अधिकृत नामी डिलर हुनेछ ।
‘बोल्ड एण्ड बिल्ट फर यू एसयुभी’ नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो । जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन् ।








Comments are closed.