म्याक्स पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट

काठमाडौं । म्याक्स पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट पाइने भएको छ । यही जेठ २८ गते शनिबार पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुटको व्यवस्था गरिएको पोलिक्लिनिकले जनाएको छ ।

उक्त दिन होल बडी चेकअप गर्दा ३ हजार ५ सय रुपैयाँमा परीक्षण गर्न सकिने भएको छ । त्यस्तै, थाइराइड र मधुमेह परीक्षण गर्दा मात्रै तीन सय रुपैयाँ लाग्ने पोलिक्लिनिकले बताएको छ ।

यसको प्रायोजन आरोग्यम हेल्थ केयर प्राली गर्ने भएको छ । पोलिक्लिनिकले उक्त सेवा काठमाडौं नयाँ बानेश्वरको पासङ लामु मार्ग–देउरादी क्लब नजिकैबाट प्रदान गर्दै आएको छ ।

साथै उक्त दिन ई.सि.जी, कलेजो कार्य परीक्षण, भिडियो परीक्षण, मिर्गौला कार्य परीक्षण, मुटु कार्य परीक्षण, थाइराइड कार्य परीक्षण, मधुमेहको परीक्षण, रक्तकोष परीषण, पिसिवको परीक्षण, क्याल्सियम र युरिक एसिड परीक्षण तथा वरिष्ठ चिकित्सक परामर्श सेवा प्रदान गरिने पोलिक्लिनिकले जनाएको छ ।

You might also like

Comments are closed.