पोखरा ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीको लागि माया एकेडेमीमा नयाँ भर्ना शुरु भएको छ । प्लस टु को परिक्षा सकेर बसेका विद्यार्थीलाई मध्यनजर गरेर अक्टोवर सेसन संचालन गर्न लागिएको हो । सो सेसनमा सिमित मात्रामा विद्यार्थी राखिने एकेडेमीका कोअर्डिनेटर सञ्जय सुवेदीले जानकारी दिए ।
१ सय १ भन्दा धेरै युनिभर्सिटीसँग सिधै सम्वन्ध रहेको माया एकेडेमीले नेपालमा ९ महिना अध्ययन गरेपछि बाँकी सम्पुर्ण पठनपाठन विद्यार्थीको चाहना अनुसार सिधै ट्रान्सफर गर्ने पोखरा केन्द्रका प्रशासन प्रमुख रोहनजंग कार्कीले जानकारी दिए ।
एकेडेमीले नेपालमा नै पहिलो पटक काठमाडौं र पोखरामा एकैसाथ संचालन गरेको कार्यक्रम हो । माया एकेडेमीले प्रदान गरेको शैक्षिक कार्यक्रमले विद्यार्थी उत्साही भएको एकेडेमीका इन्चार्ज अप्सरा अधिकारीले जानकारी दिइन् ।
Comments are closed.