पोखरामा माया एकेडेमी

पोखरा । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरि माया एकेडेमी पोखरामा संचालनमा आएको छ । काठमाडौंको जमलमा प्रधान कार्यालय रहेको एकेडेमीले पोखराको टाइम्स ग्लोबल कन्सल्टेन्सीलाई कन्सल्टेन्सी पार्टनरको रुपमा छानेको छ ।

विश्वका १७० भन्दा धेरै कलेज तथा युनिभर्सिटीसँग सम्झौता गरेको माया एकेडेमीले अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान लगायतका देशमा अध्ययनका लागि जान मिल्ने गरि कार्यक्रम, कक्षा तथा परामर्श सेवा संचालन गर्न लागेको पोखरा शाखाका संचालक एवं प्रवन्धक रोहन कार्कीले जानकारी दिए । ‘यो वर्ष पोखराबाट पनि भर्ना सुरु गरिएको छ,’ उनले भने ।

माया एकेडेमीले पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थी तथा अभिभावकहरुको विश्वास जित्नेमा आफूहरु ढुक्क रहेको पोखरा शाखा प्रमुख सञ्जय सुवेदीले जानकारी दिए । ‘माया एकेडेमी नेपालकै पुरानो तथा प्रतिष्ठित संस्था हो,’ उनले भने ।

नेपालमा भर्ना भई विदेशका विभिन्न कलेज तथा युनिभर्सिटीको केही क्रेडिड आवर (१÷२ वर्ष) नेपालबाट नै अध्ययन गरि सिधैं आफूले छनोट गरेको कलेजमा ट्रान्र्सफर हुने गरी सम्पूर्ण तयारीका साथ जनवरी÷फेब्रुअरी २०२१ का लागि कक्षा संचालन हुन लागेको एकेडेमीका सिइओ तथा अध्यक्ष ईन्द्रलाल बलामीले जानकारी दिए ।

You might also like

Comments are closed.