भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा माछापुच्छ्रे बैंक दुई विधाबाट सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट (Excellence In Credit Cards)  अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ (Excellence In POS Acquiring)   सर्भिस २०२३ बाट सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरु प्रदान गरिएको छ ।  बैंक लाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको थियो ।

हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आई रहेको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिदैं पहिलो”Smart Bank” को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक लाई सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.