काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यमिक विद्यालय धनगढी कैलालीमा अध्ययनरत एक छात्रालाई छात्रवृत्ति रकम सहयोग गरेको छ ।
कक्षा १० मा अध्ययनरत हिराकुमारी जोशीलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । छात्रा जोशीको पठनपाठनका निम्ति स्वर्गीय नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति रकमबापत रु ५० हजार रकम उपलब्ध गराइएको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराजबहादुर सिंहको स्मृतिमा स्थापित जेहेन्दार छात्रवृत्ति रकम बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले छात्रा जोशीलाई हस्तान्तरण गरेका हुन् ।
प्रमुख नेपालले आर्थिक अभावले पठनपाठन प्रभावित नहोस् भन्ने उद्धेश्यले अध्ययनका लागि छात्रा जोशीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको बताए । प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्ति रकमले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने बताउँदै बैंकले गरेको सहयोगप्रति धन्यवाद दिए ।
आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न रचनात्मक कार्य गर्दै जानेमा बैंकको जोड छ । ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै गुणस्तरिय वित्तीय सेवालाई विस्तार गर्दै जाने बैंकले जनाएको छ ।
यस बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.