मुक्तिनाथ विकास बैंकको सहयोगमा विद्यार्थीलाई स्टेशनरी वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङको बद्री विशाल माध्यमिक विद्यालय र स्वर्णिम एकाडेमीमा १८२ विद्यार्थीलाई स्टेशनरीका सामग्री वितरण गरेको छ ।
बैंकले विद्यार्थीलाई आवश्यक स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि) हस्तान्तरण गरेको जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारी, विद्यालयका शिक्षक तथा पदाधिकारी लगायत सहभागी थिए । यस सहयोगबाट बैंकले विधार्थीमा शिक्षाप्रति थप उर्जा ल्याउन मद्धत पुग्ने विश्वास लिएको छ ।
शिक्षा तथा बालबालिकाको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत कामहरु गर्दै आएको छ ।
You might also like

Comments are closed.