काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर” मा छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग “स्काइवाक टावर” को टिकट खरिदमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङद्धारा टिकट खरिद गर्न भुक्तानी गर्नुपर्नेछ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ब्त्ः ऋबचम प्रयोग गरी नेपालभरी रहेको भिडा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
Comments are closed.