काठमाडौं । ग्राहकको सेवालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थासँग सम्झौता गरेको छ । स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्न विभिन्न संस्थाहरुसँग सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले तोकिएका संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले तोकेका संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
संस्थाको नाम | ठेगाना | सेवाहरु | छुट |
Lekhanath City Hospital Pvt. Ltd. |
पोखरा–२६, कास्की |
General Bed | २५% |
Cabin, Post – OP & Lab | १५% | ||
ICU | १०% | ||
Surgeries & Pharmacy | ५% | ||
Oro Plus Dental Clinic | ललितपुर–३, पुल्चोक | Regular Treatment | १०% |
Specialized Treatment | ५% | ||
A & A Health Club | बुटवल–५, रुपन्देही | Food Supplement | ५% |
3 Months Advance Fee | १०% | ||
6 Months Advance Fee | १५% | ||
12 Months Advance Fee | १९% | ||
NG Markets | तिलोत्तमा–५, मणिग्राम
|
Garments | १०% |
Household & Electronics Appliance | ५% | ||
FMCG Food/Fresh Products | १.५% | ||
FMCG Non Food | २% |
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
Comments are closed.