माछापुच्छ्रेका ग्राहकले MI Xiaomi and Poco फोन 0 % EMI मा पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लि. का ग्राहकले MI Xiaomi and Poco ब्राण्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु 0 % EMI मा पाउने भएका छन् ।

ग्राहक महानुधावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र Vastal Impex Pvt. Ltd. बीच बैंकको Instapay सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता पश्चात हताक्षर गरिएको हो । उक्त सम्झौतापत्रमा Vastal Impex Pvt. Ltd. को तर्फबाट डाईरेक्टर नितेश कुमार मुन्द्र तथा  बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि 0 % EMI मा Instapay मार्फत रु पन्ध्र हजार देखि MI Xiaomi and Poco ब्राण्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । बैंकका ग्राहकले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा Vastal Impex Pvt. Ltd को काठमाण्डौ स्थित showroom मार्फत प्रदान गरिनेछ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

You might also like

Comments are closed.