माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन–७ च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई ३ विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलो पटक कर्पोरेट क्रिकेटमा विजेता बनेको छ ।

jutta mela

आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रे«ले ४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखेर बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको छ ।

You might also like

Comments are closed.