काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन माध्यमिक विद्यालय शारदा नगरपालिका १५ माल्नेटा सल्यानमा खानेपानी ट्याङ्की तथा धारा निर्माण गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको खानेपानी ट्याङ्की र धारा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
खानेपानी अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैंकले खानेपानी आपूर्तिका लागि संरचना निर्माण गरिदिएको हो ।
करिव ३५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी पानी ल्याइएकोमा खडेरीका समयमा पानी सुक्ने, डढेलोले खानेपानीको पाइप जलेर पानी बन्द हुने लगायतका समस्या रहेको रहेको विद्यालयले जनाएको छ ।
सो समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण, विद्यालय परिसरमा धारा निर्माण गरेर गरेको हो । हाल यस विद्यालयमा २८९ जना विद्यार्थी, १८ जना शिक्षक, कर्मचारी कार्यरत छन् ।
Comments are closed.