काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले एनसेल आइकन, लैनचौरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधा रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको यस सम्झौता अनुसार, अब माछापुच्छ्रे बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाईल बैकिङ एप एमबीएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरु खरिदका लागि भुक्तानी गर्न सक्नेछन ।
यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताले पनि रिटेलर्स एपमार्फत सिधै बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र बैंकले लिएको छ ।
एनसेल एपमा अन्य सुविधा पनि रहेका छन् । जसले ग्राहकलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहदा पनि सुविधा प्रदान गर्नेछ । यस बैंक नगदरहित बैकिङलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडी बढिरहेको छ ।
फरक–फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन ग्राहकका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन बैंक सधैँ तत्पर रहदै आएको छ ।
Comments are closed.