मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले खुलायो दरखास्त आह्वान

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले शैक्षिक पदका लागि योग्य, अनुभवी र अनुसन्धानमुखी विज्ञबाट दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय २०७९ मा स्थापित नेपालको पहिलो अनुसन्धानमुखी विश्वविद्यालय हो । विश्वविद्यालयलाई व्यापक स्वायत्तता प्रदान गरिएको छ ।

नेपालको समृद्धि र सामाजिक न्यायको सपना साकार पार्न विश्वविद्यालयले विश्वस्तरीय शैक्षिक संस्था बन्ने लक्ष्य लिएको छ । अनुसन्धान, नवप्रवर्तन र उद्योगसँग सहकार्यलाई प्राथमिकतामा राख्दै विश्वविद्यालयले राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने शिक्षाको मार्गचित्र अघि सार्दैछ ।

खुला पदहरू र विशेषज्ञताको क्षेत्रहरू
१. डिजिटल प्रविधि कार्यक्रम (कृत्रिम बौद्धिकता र डेटा विज्ञान)

पदहरूः प्राध्यापक/सह–प्राध्यापक/सहायक प्राध्यापक (४ जनासम्म)
विशेषज्ञता क्षेत्रहरूः कृत्रिम बौद्धिकता, डेटा विज्ञान, डेटा माइनिङ, मेशिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्गवेज प्रोसेसिङ, इन्टरनेट अफ थिङ्स र अन्य समसामयिक प्रविधि क्षेत्रहरू ।

यो अवसर नेपाली नागरिक, गैरआवासीय नेपाली तथा विदेशी नागरिकका लागि खुला छ । महिला तथा पछाडि पारिएका समुदायका उम्मेदवारलाई आवेदन दिन विशेष प्रोत्साहन गरिन्छ । यो दरखास्त आव्हान पदहरू पूर्ति नहुन्जेलसम्म खुला रहनेछ ।

विश्वविद्यालय नै किन रोज्ने ?
नेपालको पहिलो स्वायत्त अनुसन्धानमुखी विश्वविद्यालय, स्वतन्त्र शैक्षिक वातावरण, नवप्रवर्तन, औद्योगिक सहकार्य र परिणाममुखी अनुसन्धानमा विश्वविद्यालयले जोड दिएको छ । योग्यता, पारदर्शिता, समावेशिता र इमानदारीमा आधारित संस्कृति, हरियाली चित्लाङ उपत्यकामा अवस्थित रमणीय क्याम्पस, काठमाडौंबाट २५ किमी टाढा रहेको छ ।

विश्वविद्यालयले अंगीकृत गरेको मुख्य अनुसन्धानका क्षेत्रहरूः जैविक कृषि, वन जैवसामग्री, डिजिटल प्रविधि, पर्यटन पूर्वाधार, जल स्रोत तथा ऊर्जा। कार्यक्रमहरू दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, पहाडी विकास, समावेशिता तथा लैङ्गिक समानताका क्रस–कटिङ मुद्दाद्वारा निर्देशित गरेको छ ।

शैक्षिक स्टाफका जिम्मेवारीहरुः
हरेक वर्ष ३ वटा (प्रत्येक ४ क्रेडिटका) पाठ्यक्रमहरू अध्यापन (कम्तीमा एउटा मूल पाठ्यक्रम) ।

विद्यार्थी अनुसन्धान निर्देशन
संस्था विकास, सामुदायिक सेवा, र सार्वजनिक सम्पर्कमा संलग्न
कार्य समयः ४० प्रतिशत शिक्षण, ४० प्रतिशत अनुसन्धान, २० प्रतिशत सेवा
अनुसन्धानका लागि स्रोत जुटाउने प्रयास (अनुदान, उद्योग साझेदारी)

योग्यता र सेवा सर्तहरूः
सम्बन्धित विषयमा पिएचडी (पोस्टडोक अनुभव भएका उम्मेदवारलाई प्राथमिकता),
वैज्ञानिक प्रकाशन, नवप्रवर्तन र परियोजना अनुभव,
नियम र आचारसंहितामा पूर्ण प्रतिबद्धता,
विश्वविद्यालयको कर्मचारी प्रशासन नियमावली, २०८० र वित्तीय व्यवस्थापन नियमावली, २०८० अनुसार सेवा सर्त लागू हुन्छ ।

आवेदन पेश गर्ने तरिकाः
चासो भएका उम्मेदवारले info@mbust.edu.np निम्न कागजातहरू पठाउनुपर्नेछ । तोकिएको मितिपछि आएका आवेदनहरू पनि आवश्यकताअनुसार प्रक्रियामा ल्याउन सकिनेछ ।
१. निवेदनपत्र
२. जीवन विवरण
३. पिएचडी/पोस्टडोकमा गरिएको अनुसन्धान क्षेत्र
४. विश्वविद्यालय र राष्ट्रका लागि आफूले पुर्याउन सक्ने योगदानबारे १ हजार शब्दसम्मको निबन्ध
५. प्रकाशनको सूची, Google Scholar / Scopus Citation Index लिंकसहित
६. अध्यापन अनुभव, विकास गरिएका पाठ्यक्रम र शैक्षिक सामग्रीहरू
७. निर्देशनमा एजम् पूरा गरेका विद्यार्थीको सूची र मुख्य वैज्ञानिक योगदान
८. प्राप्त अनुसन्धान अनुदानको विवरण (राशि र स्रोत संस्था उल्लेखसहित)
९. नेतृत्व अनुभव
१०. विशेष दक्षता
११. प्राप्त पेटेन्टको सूची
१२. तीन जना सिफारिसकर्ताको नाम र सम्पर्क विवरण (सीधा पर्यवेक्षण गरेका हुनुपर्ने)

You might also like

Comments are closed.