दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट आर्थिक सहयोग

काठमाडौं, १४ साउन । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरे । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो ।

jutta mela

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.