स्वदेशी १४ उद्योगको सहभागितामा ‘जाउलाखेल जुत्ताचप्पल व्यापार मेला’ हुँदै

काठमाडौं । जाउलाखेल खेल मैदानमा ‘तेस्रो जाउलाखेल जुत्ताचप्पल ब्यापार मेला २०८१’ हुने भएको छ । वैशाख १० देखि हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

‘मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्डका ६ हजार भन्दा धेरै डिजाइन तथा मोडलका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिनेछ,’ गिरीले भने, ‘स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्दै ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने उद्देश्यसहित मेला आयोजना गर्न लागेका हौं ।’

मेलामा हाइलाइफ, शु ल्याण्ड, बेलि शुज, बोस शुज, आइडल, भेनस, सिल्स, हिमानी, वन वल्र्ड, डि जे कलेक्सन, रन शुज, शिखर शुज, पिजी शुज, ब्याम्बो शुज ब्राण्डका जुत्ता चप्पल राखिनेछन् ।

jutta mela

एक महिनासम्म चल्ने मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकको भनाइ छ । ‘कम्पनीबाट हालसालै उत्पादन भएका नयाँ मोडलका जुत्ता चप्पल पनि मेलामा उपलब्ध हुनेछन्,’ संयोजक गिरीले भने ।

३० देखि ३५ हजार जोडी जुत्ताचप्पलको करोबारसहित मेलामा करिब पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

You might also like

Comments are closed.