महिला हस्तकला मेला फागुन २२ देखि

काठमाडौँ । महिला हस्तकला मेला यही फागुन २२ गतेदेखि हुनेभएको छ । पत्रकार सम्मेलनमार्फत आज नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मेलाको आयोजना गरिने जानकारी दिइएको हो ।

‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्र्वद्धन’ भन्ने नारासहित हुने मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने कक्ष राखिने महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए ।

मेलामा सानाठूला गरी ५० भन्दाबढी कक्ष रहने बताइएको छ । मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सिसा, धातु तथा कागजबाट बनाइएका सामान प्रदर्शन गरिनेछ ।

हस्तकला मेला महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ । यही फागुन २४ गते मेलाको समापन हुनेछ ।

You might also like

Comments are closed.