काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौं सुकेधारास्थित Mercure Hotel मा छुट दिइने भएको छ । सो सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ ।
बैंकका ग्राहकले सो होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने सम्झौता पत्रमा जनाइएको छ । ग्राहकले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट, खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
छुट सुविधा लिनका लागि ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।
सो होटलसँगको सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








Comments are closed.