सरोकार पक्षसँग सुझाव लिँदै सहरी विकासमन्त्री चौधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थालेका छन् ।

jutta mela

सोही क्रममा मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौंको साँखुस्थित भगवती माविका विद्यार्थीसँग सुझाव तथा राय लिने कार्यक्रम तय भएको उनका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए ।

प्राप्त सुझावकै आधारमा कार्यशैली र कार्ययोजनामा सुधार गर्दै अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै सुन्दर सहर निर्माणको लक्ष्य हासिल गर्न सकिने सोचका साथ मन्त्री चौधरीले यस्ता कार्यक्रम तय गरेको जनाइएको छ ।

You might also like

Comments are closed.