सातदोबाटोमा एमजीको नयाँ डिलर विस्तार

ललितपुर । एमजीले ललितपुरको सातदोबाटोमा नयाँ अधिकृत डिलरशिप सुरुवात गरेको छ । एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ । ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको संकेत गरेको छ । सोमबारदेखि ग्राहकले नयाँ सुविधा सम्पन्न शोरुममा गएर एमजीका प्रिमियम गाडीको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् ।

यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकलाई सहज र व्यक्तिगत अनुभव सहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । उद्घाटन कार्यक्रममा प्यारामाउन्ट मोटर्स प्रालिका निर्देशक निकुञ्ज अग्रवालले यो नयाँ डिलरशिप एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार रहेको बताए ।

प्यारामाउन्ट मोटर्स प्रालि नेपालमा एमजी गाडीको आधिकारिक वितरक हो । जसले प्रिमियम विद्युतीय तथा इन्धन सञ्चालित गाडीको विस्तारित श्रेणी उपलब्ध गराउँछ । नवीनता, ग्राहक सन्तुष्टि र दिगो यातायातप्रति प्रतिबद्ध प्यारामाउन्ट मोटर्स प्रालिले पीआर सप्लायर्स जस्ता अधिकृत डिलरशिप मार्फत नेपालभर एमजीको बलियो उपस्थिति देखाइरहेको छ ।

You might also like

Comments are closed.