लुम्बिनी  लायन्ससँग मोबिलिटी पार्टनर बनेर एमजीको सहयात्रा

काठमाडौं  ।  नेपालमा एमजी मोटर्सका आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ ।

देशकै ठूलो क्रिकेट लिगसँगको यो सहकार्यमार्फत लुम्बिनी लायन्सका खेलाडीहरूलाई सहज, भरपर्दो र आधुनिक एमजी सवारी प्रयोगका साथ प्रशिक्षण तथा प्रतियोगितामा आवत–जावत गर्ने सुविधा उपलब्ध गराइनेछ ।

साझेदारीअन्तर्गत पारामाउन्ट मोटर्सले टिमलाई एमजीका प्रिमियम मोडेलहरू उपलब्ध गराउँदै खेलाडीहरूको मनोबल वृद्धि, यात्रा सहजता र सुरक्षामा योगदान पुर्‍याउने बताइएको छ । कम्पनीले खेलकुद क्षेत्रलाई निरन्तर प्रोत्साहन गर्दै युवा तथा खेलाडीमैत्री सेवामार्फत आफ्ना ब्रान्ड मान्यताहरूलाई अझ मजबुत बनाइरहेको छ ।

यस अवसरमा पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले लुम्बिनी लायन्ससँगको सहकार्यलाई एक महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै भने, “हामी अत्याधुनिक एमजी अनुभवका साथ टिमसँग सहयात्रा गर्न पाउँदा निकै खुसी छौं। एनपीएल यात्राभर उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।”

एमजी ब्रान्डले नेपालभर आधुनिक जीवनशैली अनुरूप सुरक्षित, आरामदायी तथा प्रविधिसम्पन्न सवारी अनुभव प्रदान गर्दै आफ्नो उपस्थितिलाई क्रमशः सुदृढ बनाउँदै आएको छ । खेलकुदसँगको यो सहकार्यले एमजीको ब्रान्ड मूल्यलाई अझ विकसित बनाउनुका साथै नेपाली क्रिकेटमा समेत सकारात्मक ऊर्जा थपेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.