नेपालमा भित्रियो किङ लङका विद्युतीय माइक्रो बस, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा नयाँ ब्राण्डको विद्युतीय माइक्रो बस भित्रिएको छ । विद्युतिय सवारीसाधनको कारोवार गर्ने श्री इको भिजनरी प्रालिले किङ्ग लङ्ग व्रान्डको यो विद्युतिय साधन नेपाल भित्राएको हो ।

आकर्षक डिजाइन, आधुनिक एवं सुविधासम्पन्न फिचर्स, प्रतिस्पर्धी मुल्य, वलियो र मजवुत वनावट, किफायती संचालन खर्च र प्रदुषण नियन्त्रमा सहयोगी विशेषताका कारण यो वस छिट्टै नेपाली बजारमा स्थापित हुने कम्पनीले विश्वास लिएको छ ।

चीनीया अटो निर्माता जाईमेन किङ्ग युनाईटेड लङ्ग अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने यो माइक्रो वसमा १४ सिट क्षमता रहेको छ ।यो माइक्रोबसमा ५० किलोवाट आवरको ब्याट्रि जडान गरिएको छ भने यसमा जडान गरिएको ८० किलोवाटको मोटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्दछ । एकपटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माइक्रो बस फास्ट चार्जिङको माध्यमबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

एकपटक फुल चार्ज गरेपछि २५० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने यस विद्युतिय माइक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हारहारिमा मात्र पर्न आउने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.