माइक्रोसफ्ट च्याम्पियनसीपको राष्ट्रिय विजेता घोषणा कार्यक्रम सम्पन्न

पोखरा । सूचना प्रविधी क्षेत्रको विश्वको सबैभन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप–२०२१ नेपालको राष्ट्रिय विजेता घोषणा तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ  । माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी पोखराको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा माइक्रोसफ्ट अफिस वर्ड, माइक्रोसफ्ट अफिस एक्सल र माइक्रोसफ्ट अफिस पावरपोईन्टको २०१६ र २०१९ को एसोसियट लेभलको ६ बिधामा राष्ट्रिय विजेता घोषणा भएको हो ।

प्रतियोगीताको माइक्रोसफ्ट अफिस पावरपोईन्ट २०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि विश्व आदर्श विद्यालयमा अध्ययनरत सुनसरीका गौरब चौधरी, माइक्रोसफ्ट अफिस पावरपोईन्टको २०१९ नेपाल च्याम्पियन–२०२१ कोउपाधी हेटौडाका आयाम अवलले जिते । यस्तै माइक्रोसफ्ट अफिसवर्ड २०१६ नेपाल च्याम्पियन–२०२१को उपाधि स्काई राईडर माध्यमिक विद्यालयमा अध्ययनरत रत्ननगर चितवनकी दिपिका पण्डित, माइक्रोसफ्ट अफिस वर्ड २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत ओखलढुङ्गाका दिपेश श्रेष्ठले हात पारे ।  माइक्रोसफ्ट अफिस एक्सल २०१६ नेपाल च्याम्पियन–२०२१ को उपाधि सिन्धुपाल्चोकका अभिनाश गुरागाई, र माइक्रोसफ्ट अफिस एक्सल २०१९ नेपाल च्याम्पियन–२०२१ को उपाधि एग्रिकल्चर र फरेष्टी विश्व विद्यालयमा अध्ययनरत ताप्लेजुङ्गका जेशिस ओझाको पोल्टामा प¥यो । बिजेताहरुले नोभेम्बरमा १३० भन्दा बढी राष्ट्रका राष्ट्रिय बिजेताहरुसँग अन्तराष्ट्रिय राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगीतामा माइक्रोसफ्ट अफिस पावरपोईन्ट २०१६ मा करुणानिधि सेकेण्डरी स्कुलमा अध्ययनरत पोखराका रितेश कार्की, माइक्रोसफ्ट अफिस पावरपोईन्ट २०१९ गरिमा आवासिय विद्यालय बाग्लुङमा अध्ययनरत जयन्ति आचार्य दोस्रो भएका थिए । माइक्रोसफ्ट अफिस वर्ड २०१६ मा हिमालयन दर्सन कलेजमा अध्ययनरत बिराटनगरका अनिस भक्त जोशी, माइक्रोसफ्ट अफिस वर्ड २०१९ मा मकालु ईङ्लिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत इटहरीका आसुतोस बस्नेत द्धितिय भए । यस्तै माइक्रोसफ्ट अफिस एक्सल २०१६ मा जैन विश्वविद्यालयमा अध्ययनरत चितवनका असिम तार पाठक, र माइक्रोसफ्ट अफिस एक्सल २०१९ मा कालिगण्डकी एकेडेमी मा अध्ययनरत सफल आचार्य दोस्रो भएका थिए ।

jutta mela

विजेता घोषणा तथा अवार्ड वितरण कार्यक्रम नेपाल सरकारका पुर्व गृह, स्वस्थ्य तथा जनसंख्या मन्त्री, खगराज अधिकारी, माइक्रोसफ्ट अमेरिका, माइक्रोसफ्ट न्युजिरल्याण्ड, सर्टिपोर्ट अमेरिका, संकल्प वल्ड च्याम्पियनसिप भारत, निजि तथा आवासिय विद्यालय संगठन नेपाल (प्याब्सन नेपाल)का उपाध्यक्ष टुकाराम ढकाल, कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ)का सचिव शेखर नाथ दुलाल समेतको भर्चुअल उपस्थितीमा माईक्रोसफ्ट टिम मार्फत भएको हो ।

देशभर बाट सहभागी विद्यार्थीहरु मध्यबाट राष्ट्रिय चरणको लागि ८३ जना विद्यार्थी छनौट भएका थिए । भदौ १३ र १४ मा भएको राष्ट्रिय चरणको परिक्षाबाट प्रत्येक विधामा एक–एक जना गरी ६ जना राष्ट्रिय बिजेता छनौट भएको नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक दिनेश लामिछानेले बताए ।

साथै प्रतियोगीताको २०२२ को लागि रजिष्ट्रेशन कार्तिक १ गतेबाट खुल्ला हुनेछ । रजिष्ट्रेसन फाराम देशभर जिल्ला पार्टनरहरुबाट भर्न सकिने लामिछानेले जनाए ।

प्रतियोगीताका विजेताहरुले उपाधि मेडल, ट्रफी सँगै माइक्रोसफ्ट अफिस स्पेसलिस्ट एक्सपर्ट लेभलमा तयारी, मोक टेष्ट भौचर र सर्टिफिकेशनको लागी पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । त्यस्तै दोस्रो र तेस्रो ले मेडल, ट्रफि र पच्चिसहजार रुपैयाँ सम्मको अन्तराष्ट्रिय सर्टिफिकेसन कोर्समा छात्रवृत्ति प्राप्त गरेका हुन् ।

 

You might also like

Comments are closed.