रुपन्देही । रुपन्देहीको तिलोत्तमामा रहेको डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उपभोक्तालाई मिल्क क्यान (दूध बोक्ने भाँडो) प्रदान गरेको छ। दूध संकलन तथा बिक्री वितरण गर्दै आएको उक्त सहकारीले सञ्चालन गरेको बिक्री केन्द्रबाट दूध लैजाने नियमित उपभोक्तालाई मिल्क क्यान उपलब्ध गराएको हो ।
यस अगाडि प्लास्टिकमा बिक्री वितरण गर्दै आएको उक्त सहकारीले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नका लागि मिल्क क्यान वितरण गरिएको संस्थाका अध्यक्ष घनश्याम तिवारीले बताए। उक्त सहकारीबाट नियमित दूध उपभोग गर्ने तीन सयभन्दा बढी उपभोक्ता रहेका छन्।
त्यस्तै करिव २० वटा पसलले पनि नियमित दूध लैजाने र उपभोक्तालाई बिक्री वितरण गर्दै आएको सहकारीका व्यवस्थापक वसन्तप्रसाद पराजुलीले जानकारी गराए।
हाल सहकारीले रुपन्देहीका विभिन्न स्थान गोरकट्टा, धकधई, टिकुलीगढ समेतबाट दूध सङ्कलन गर्दै आएको छ भने सङ्कलित दूध तथा प्रशोधित दुग्धजन्य परिकार तिलोत्तमा–३ संस्थाको कार्यालयमा रहेको बिक्री केन्द्रबाट बिक्री वितरण हुँदै आएको कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्यले जानकारी गराए ।
उनका अनुसार हाल संस्थाले सरदर दैनिक ६ सय लिटर दूध संकलन गरी दूध तथा प्रशोधित दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको छ ।
Comments are closed.