सहकारीमार्फत ७ खर्ब पुँजी परिचालन, जिडिपीमा ५ र वित्तीय क्षेत्रमा १७ प्रतिशत योगदान

मीनराज कँडेल, अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ लि. नेपाल

बिगतमा वर्षहरुमा जस्तै गरी यस वर्षपनि देशभर ६५औं राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेका छौं । सहकारी दिवस मनाउने सन्दर्भमा देशभर साताव्यापी रुपमा विभिन्न कार्यक्रम हुँदैछन् । महासंघले यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ मूल मन्त्रका साथ दिवस मनाउन आह्वान गरेको छ । वर्षेनी फरक थिमका साथ सहकारी दिवस मनाउन सुरु गरेको २०५९ हो ।

सहकारी दिवस मनाउन महासंघले देशभरका संघ–संस्थालाई आह्वान गरेको छ । जस अन्तर्गत विविध रचनात्मक कार्यक्रमहरु आयोजना भइरहेका छौं । यो क्रम २० गतेसम्म नै जारी रहन्छ । सहकारी दिवसको सम्झना स्वरुप रक्तदान, सरसफाई, विभिन्न जिल्लामा सेमिनार तथा गोष्ठी, सहकारी र्याली लगायतका कार्यक्रम हुँदैछन् । केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तहमा समेत कार्यक्रम हुनेछन् भने प्रारम्भिक सहकारीले पनि संस्थागत रुपमा सहकारी दिवस मनाउँदै विविध कार्यक्रम गर्नेछन् । सहकारी दिवसकै सन्दर्भमा महासंघले देशभरबाट सातै प्रदेशका उत्कृष्ट सहकारी संघसंस्था, संघ, कर्मचारी अभियान्ताहरु घोषणा गर्नेछ र अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्मान गर्नेछौं ।

२०१३ चैत्र २० गते नेपालमै पहिलो पटक बखानसिंह सहकारी दर्ता भयो । सोही दिनको सम्झना स्वरुप हामीले वर्षेनी राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउँदै आइरहेका छौं । ६५ वर्षको समयमा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । संविधानले नै सहकारीलाई ३ खम्बे अर्थतन्त्रका रुपमा स्वीकार गरिसकेको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण छ । छरिएर रहेको पुँजीलाई एकीकृत गर्ने र चलायनमान बनाउने क्रम सहकारीले गरेको छ ।

jutta mela

नेपालमा ३० हजार भन्दा बढी सहकारी संस्थाहरु सक्रिय छन् । ती सहकारीमा ७३ लाख भन्दा बढी सेयर सदस्य आबद्ध छन् । सहकारीहरुमा आबद्ध सेयर सदस्य मध्ये ५६ प्रतिशत महिलाहरु छन् । सहकारीमा ५ खर्ब रुपैयाँ भन्दा बढी बचत छ भने १ खर्ब रुपैयाँ भन्दा बढी सेयर पुँजी छ । १ खर्ब रुपैयाँ भन्दा बढीका विभिन्न कोषहरु छन् । समग्रमा सहकारी क्षेत्र मार्फत ७ खर्ब रुपैयाँ भन्दा बढी पुँजी परिचालित भएको छ । नेपालको जिडिपीमा ५ प्रतिशत योगदान सहकारीको छ भने वित्तीय क्षेत्रमा १७ प्रतिशत भन्दा बढी योगदान छ ।

मीनराज कँडेल, अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ लि. नेपाल

सहकारीमार्फत १ लाख भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने अप्रत्यक्ष रुपमा रोजगारी पाउनेको संख्या दसौं लाख छ । वित्तीय सेवासँगै उत्पादन, व्यवसाय र सेवा व्यवसायमा सहकारी जोडिने क्रम जारी छ । देशको मूल कानुनले पनि सहकारीलाई महत्व दिएको छ ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.