उत्पादित वस्तुको प्रवद्र्धन तथा बजारीकरणका लागि लघु उद्यमी मेला

काठमाडौं । लघु उद्यमी मेला सम्पन्न भएको छ । चन्द्रागिरि वचत तथा ऋण सहकारी संस्थाको ओमन्स क्रियसन सेवाकेन्द्र अन्तर्गत रहेको ओमन्स क्रियशन उद्यमी महिला समूहमार्फत शनिवार लघु उद्यमी मेला गरिएको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ गणेश चोकमा रहेको सेवाकेन्द्रको प्राङ्गणमा हरेक महिनाको अन्तिम शनिवार उद्यमी मेला आयोजना हुदै आएको छ ।

मेलामा संस्थाका सदस्यले आ–आफ्ना वस्तु, सेवा र उत्पादनको प्रदर्शनी तथा बजारीकरण हुने गरेको छ । यस चन्द्रागिरि साकोसले समय–समयमा विभिन्न कार्यक्रमको अवसर पारी सदस्यको वस्तु, सेवा र उत्पादनको प्रदर्शनीमा सहजीकरण गर्दै आइरहेको छ । सदस्यको सीपको विवरण समेत संस्थाले राखेको छ ।

चन्द्रागिरि नगरपालिकामा अवस्थित मुख्य कार्यालय र दहचोक सेवाकेन्द्र, त्यसैगरी ललितपुर जिल्लाको शुभतारा सेवाकेन्द्र तथा पाटन सेवाकेन्द्र अन्तर्गत रहेका सदस्यले पनि एकआपसमा मिलेर यस्ता खालका उद्यमी मेला आयोजना गर्ने चाहना भएमा संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

You might also like

Comments are closed.