पोखरा । मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आगामी आइतबार हुने समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । २८५९ औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।
सातौं संस्करणको प्रतियोगिता अन्र्तगत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतिभा प्रस्फुटन राउण्डमा सहभागिहरुले विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरका थिए । जसअन्र्तगत लक्ष्मी तामाङ, रेनुका तामाङ, अर्विना तामाङले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ र निशा तामाङले भाषण कला, विकिता तामाङले हस्तकला प्रस्तुत गरेका थिए ।
त्यस्तै, सुप्रिया तामाङ, योगिता तामाङ र आकृति तामाङले गजल तथा कविता प्रस्तुत गरेका थिए । विपना तामाङ, मनिषा तामाङ, जिना तामाङ, सुमित्रा तामाङ, कृतिका तामाङ, रोश्मा तामाङले साँस्कृतिक नृत्य तथा प्रिती तामाङले तामाङ गाउँका बारेमा प्रस्तुती दिएका थिए ।
ट्यालेण्ट राउण्डको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, मिस तामाङ पोखराका पूर्व विजेता दिप्ती तामाङ, निमा तामाङ रहेका थिए । सहभागिहरुलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिएका छन् । तामाङ भाषा तथा संस्कृतिदेखि व्यक्तित्व विकास सम्मका तालिम सहभागिहरुलाई प्रदान गरिएको छ ।
समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, गीतकार तथा ट्यालेण्ट राउण्डका प्रमुख निर्णायक तीर्थ तामाङ, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ पोखराका पूर्व विजेता निमा तामाङलगायतले बोलेका थिए ।
Comments are closed.