मिस युनिभर्स नेपालको उपाधि सोफियालाई

काठमाडौं । मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेलले जितेकी छन् । १९ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि जितेकी हुन् ।  होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा भुजेलले विजेता भएकी हुन् । सोफियालाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् ।

विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहार प्राप्त गरिन् । साथै, मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धाको मौका पनि उनले पाएकी छन् ।

साथै बिहीबार भएको ग्रान्ड फिनालेमा विपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए ।

मिस यूनिभर्स नेपालको विजेताले अब मिस युनिभर्समा सहभागीको अवसर पाउने छिन ।

You might also like

Comments are closed.