काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि बैंकले लाभांश घोषणा गरेको हो ।
बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आ.व. को मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २० औँ वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ ।








Comments are closed.