बाझापाटन पोखरामा मिठो खाजा अनलाईन फुड अर्डर सञ्चालनमा,राति ९ः३० सम्म होम डेलिभरी गरिने

पोखरा । पोखराको बाझा पाटनमा अवस्थित ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्सले फास्ट फुड पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले पहिला फ्रोजन मःम सञ्चालन गर्दै आइरहेकोमा अहिले भने यो कम्पनीले फास्ट फुड पनि संचालनमा ल्याएको हो ।

कम्पनीले दिउँसो १२ बजेदेखि बेलुका ९ः३० बजेसम्म ग्राहकहरुको अर्डरअनुसार घरमै गएर डेलिभरी गर्दै आएको सञ्चालक युवा व्यवसायी रोहनजंग कार्कीले जानकारी दिए ।

कम्पनीले प्याकेजिङ चिकेन मःम, बफ मःम, पोर्क मःम, पनिर मःम का साथै अर्डर अनुसारका मःमका परिकार फ्याक्ट्रीमा बनाइने गरेको कार्कीले जानकारी दिए ।

पहिलो चरणमा पोखराको लेकसाइडबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्नो सेवालाई विस्तार गर्दै ल्याएको छ । ‘पोखरा तथा आसपासका क्षेत्रलाई लक्षित गरी सेवा सुरु गरेका हौं,’ कार्कीले भने, ‘हामीले गुणस्तरीय फ्रोजन मःम बनाउने गरेका छौं ।’

You might also like

Comments are closed.