मित्रमिलन सहकारीद्वारा क्युआर कोड सेवा सञ्चालन

पोखरा । पोखरामा पहिलोपटक मित्र मिलन सहकारीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईन्फोडेभलपर्स प्रा.ली. सँगको सहकार्यमा सदस्यहरुलाई क्यु आर कोड सुविधा सुचारु गरेको हो ।

सोमबार एक कार्यक्रमका विच ईन्फोडेभलपर्स प्रा.ली पोखरा शाखाका प्रमुख सुवास आचार्यले संस्थाका अध्यक्ष रमण पौडेललाई क्यु आर कोड हस्तान्तरण गरी सेवा सञ्चालन सुचारु भएको छ । सहकारी क्षेत्रमा विभिन्न नविनतम प्रविधि भित्राएको ईन्फोडेभलपर्स प्रा.ली का शाखा प्रमुख आचार्यले सहकारले सुरु गरेको क्यु आर कोड यस क्षेत्रको लागी नयाँ प्रविधि भएको र सहकारीलाई नगद रहित कारोबार गर्नको लागी कोशेढुङ्गा सावित हुने बताए । ई सेवाका पोखरा शाखा प्रमुख विनोद बोहोराले फोनपे क्यु आर मार्फत मित्र मिलन सहकारीका ३५०० सदस्यहरुले यो सुविधा लिन सक्ने बताए ।

सहकारीले सुरु गरेको प्रविधिमैत्री क्युआर कोड सेवाले सहकारीका सेवाग्राहीलाई नगद झिक्न चेक र एटिएम कार्ड बोक्ने झन्झटबाट मुक्ति दिने सहकारीका उपाध्यक्ष विजय लम्सालले बताए । उपाध्यक्ष लम्सालले क्युआर कोड सेवा छिटो, सजिलो, सरल र सुलभ भएकाले सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रविधि मैत्री र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्येश्यले यो सुविधा प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले वताए ।

अधिकारीले सहकारीबाट छिटै ई टेलर सुविधा पनि प्रदान गर्ने तथा निकट भविष्यमानै नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सहकारीलाई अघि बढाउने उल्लेख गरे । क्यु आर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यहरुले नेपालभरी रहेका जुनसुकै फोनपे क्युआरमा सहकारीको मोवाईल एप मार्फत भुक्तानी लिन दिन सक्नेछन् ।

यस अघिनै सहकारी संस्थाले निशुल्क रुपमा सदस्यहरुलाई मोवाईल एप मार्फत् विजुली, टेलिफोन, ईन्टरनेट, खानेपानी, ईन्सुरेन्सको विल भुक्तानी गर्ने, मोवाईलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने सेवा दिदै आएको थियो ।

यस्तै खाताको स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने , सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम टान्सफर गर्ने, ईसेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने , संस्थाको बारेमा सुचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आईरहेको थियो ।

You might also like

Comments are closed.