मित्रता सहकारीका सदस्यलाई बेतले बेकरीमा छुट

पोखरा । बेतले बेकरीले श्री मित्रता सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध गराउने भएको छ । श्री मित्रता बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरुको सहुलियतलाई मध्यनगर गर्दै सहकारी र बेकरीबीच सहकारीमा आवद्ध सदस्यहरुलाई केक खरिदमा २० प्रतिशत छुट उपलब्ध गराउने सहमति भएको हो ।

हालै एक कार्यक्रमका बीच बेतले बेकरीका संचालक ईनप्रसाद घर्ती र श्री मित्रता बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष जयन्ती मोक्तानले सहकारीमा आवद्ध सदसस्यहरुलाई लक्षित गरी बेतले बेकरी हाउससंग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताइन् । पछिल्लो समय हरेक शुभ कार्यमा केक काट्ने प्रचलन भएको बताउदै मोक्तानले बेकरी हाउससंगको सहकार्यले सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध हुने बताइन् ।

त्यस्तै बेतले बेकरी हाउसका संचालक ईनप्रसाद घर्तीले आफ्नो कम्पनीले सहकारीसंग सहकार्य गर्न पाउदा खुसी लागेको बताउँदै सहकारीसंगको सहकार्यले आफ्नो उत्पादनलाई बजारीकरण गर्न थप टेवा पुग्ने बताए ।

सहकारीका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले केकमा सहुलियत पाउनका लागि सहकारीमा आवद्ध भएका सदस्य कार्डको आवश्यकता पर्ने बताउदै सहकारीले व्यवसायीहरुसंग सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । त्यसैगरी सहकारीमा आवद्ध बाल बचत कर्ताहरुलाई जन्मदिनको उपलक्ष्यमा निःशुल्क केक उपलब्ध गराउदै आइरहेको समेत श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.