मित्रता बहुउद्देयीय सहकारीको प्रथम साधारण सभा सम्पन्न

पोखरा । मित्रता बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । पोखरामै पहिलोपटक युवाहरुदरा सञ्चालित सहकारीको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले आफ्नो व्यवसायसंगै सहकारीलाई अगाडि बढाउनु आफैंमा गर्वको कुरा भएको बताउदै सहकारीको मान्यतालाई आत्मसात गरी अगाडि बढ्न आग्रह गरे ।

पछिल्लो समय सहकारीहरुमा विकृति मौलाउदै गएको सन्दर्भमा त्यसप्रति मित्रता सहकारीले ध्यान पुर्याउन आवश्यक रहेकोमा जोड दिए । साथै गौतमले युवा व्यवसायीहरुलाई सहकारीमा आवद्ध गर्न सके सहकारी अगाडि बढ्न सक्ने धारणा राखे ।

त्यस्तै, संस्थाका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले पोखरामा पहिलोपटक युवाहरुद्वारा सञ्चालित सहकारी रहेको बताउदै पोखराका सबै युवा सदस्यहरुको साथ सहयोग पाए पोखरामा नमुना सहकारीको रुपमा स्थापित हुने दाबी गरे ।

संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहकारीको सांगठनिक व्यवस्था प्रविधिमैत्री सेवामा विस्तार, व्यावसायिक प्रतिष्ठानहरुसंगको सहकार्य, रिक्त पदपूर्ति तथा अनुमोदनको लागि विभिन्न बुदाहरु पेश गरेकी थिइन् । कार्यक्रममा सहकारीका सचिव नबिन श्रेष्ठले सचिवको प्रतिवेदन, कोषाध्यक्ष बुद्धिराज भट्टराईले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए भने, लेखा सुपरिवेक्षण समितिका संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमा बाल बचत र कोपिला बचत
बाललिकाहरुका लागि शिक्षामा अग्रसरहोस् भन्ने उद्देश्यले १ सय ५० जना बाल बालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको छ । विभिन्न विधामा उत्कृष्टलाई नगद तथा प्रमाण प्रत्रबाट सम्मान गरिएको छ ।

सहकारीको वर्ष उत्कष्ट कर्मचारी किरण पुनलाई नगद तीन हजार र प्रमाण पत्र, वर्ष उत्कृष्ट बाल बचत सज्जु त्रिपाठीलाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट कोपिला बचत सनिश श्रेष्ठलाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट बचतकर्ता रोजेन्द्रप्रसाद पोख्रल, विष्णुकुमारी श्रेष्ठ, लक्ष्मीप्रसाद श्रेष्ठ, दुर्गा श्याम, विष्णुकुमार श्रेष्ठ, बसन्तकुमार श्रेष्ठ र उत्र श्रेष्ठलाई प्रमाणपत्र खादासहित सम्मान गरिएको छ ।

त्यसैगरी वर्ष उत्कृष्ट सेयर सदस्य ईनप्रसाद घर्ती, जुनकुमार श्रेष्ठ, श्रावणकुमार जैसवाललाई प्रमाणत्रि खादासहित सम्मान गरिएको छ भने बर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठलाई प्रमाणपत्र खादासहित सम्मान, वर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिमकुमारी गुरुङ, ओमबहादुर कामी, जयप्रकाश लामालाई पनि प्रमाणपत्र खादासहित सम्मान र वर्ष उत्कृष्ट उपसमिति चन्द्रवती श्रेष्ठलाई प्रमाणपत्र र खादासहित सम्मान गरिएको छ ।

सल्लाहकारहरु राजु श्रेष्ठ र बिनोद दुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए । सभाबाट संचालक समितिको रिक्त पदमा बबिता केसी कार्की र कृष्ण केसीलाई सर्वसम्मत चयन गरिएको छ । बन्द सत्रबाट अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पास गरिएको थियो ।

You might also like

Comments are closed.