नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंक सहभागी

काठमाडौं । नाडा अटो शो २०२४’ को अवसरमा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको छ ।

यही भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा अटो शो चलिरहेको छ । यहाँ चलेको अटो शो १६ औँ संस्करणको रुपमा रहेको छ । आउँदो भदौ १६ गतेसम्म अटो शो चल्ने जनाइएको छ ।

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहाने ग्राहकले स्टल नं इ ३३ मा गई सम्पर्क गर्न सकिनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

You might also like

Comments are closed.