काठमाडौं । मुक्तिनाथ विकास बैंकको खुद नाफामा ३.९६ प्रतिशत वृद्धि भएको छ ।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ३.९६ प्रतिशत वृद्धि भई ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको कमाएको हो ।
पुुस मसान्तसम्ममा बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो सँगै बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.३७ प्रतिशतले बढेको छ । सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.९६ प्रतिशत मात्रै बढेको छ । सोही अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाखबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको नाफामा वृद्धि भए पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । बैंकको ईपीएस १ रुपैयाँ ७९ पैसाले घटेर १९ रुपैयाँ ५१ पैसामा सिमित भएको छ ।
त्यस्तै, पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ९६ पैसा रहेको छ ।तर, यसवर्ष संख्यात्मक रुपमा यो बढोत्तरी निकै कम भए पनि विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी हो ।
Comments are closed.