मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत्र महिनामा विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैला को अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु हस्तान्तरण गरेको छ ।

साथै , बैंकले घोराही उप- महानगरपालिका-१६, तेरोटे, दाङस्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सीसीटिभी क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं .०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको ।

You might also like

Comments are closed.