काठमाडौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ ।
एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ ।
रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जनाएको छ ।
नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट(कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटहरूका साथ स्मार्टफोनको बजारमा नयाँँ परिवर्तन ल्याउने कम्पनीले जनाएको छ ।
नार्जो एन ५३ रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो । यसमा ३३ वाटको फास्ट चार्जिङ, अद्घित्तिय क्यामरा र लेटेस्ट चिपसेट रहेको जनाइएको छ । त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँँ मिनी क्याप्सुल फिचर रहेको बताइएको छ । ।
नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्रि र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुली चम्केको गतीमा फोन चार्ज हुने कम्पनीको भनाइ छ । त्यस्तै ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ ।
Comments are closed.