मोदीको लुम्बिनी भ्रमण : नेपाल-भारतबीच ६ बुँदे सम्झौता

काठमाडौं । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी भ्रमणमा आएका हुन् ।

आज भएको मोदीको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ। भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो।

यस्ता छन् भारतसंग भएका सम्झौताहरूः

jutta mela

१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता,

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आइसीसीआर चेयर स्थापना गर्ने सम्झौता,

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आइसीसीआर चेयर स्थापना गर्ने सम्झौता,

४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटीएम) बीच सहयोगको सम्झौता,

५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने,

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनइए) बीच सम्झौता।

तस्बिर : रासस

You might also like

Comments are closed.