सिन्धुपाल्चोक ।
बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाआँै बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।
वडा कार्यलयले मंगलबार एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिइन् ।
बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले जानकारी दिइन् । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उनले जोड दिइन् ।
Comments are closed.