राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

 

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ।

देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए। उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका छन्।

मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये भारतीय मोन्टी देसाई, नेपालकै पूर्वप्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलङ्काकाका धम्मिका प्रसाद, बङ्गलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकाका रसेल क्रेग डोमिङ्गो र न्युजिल्यान्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग क्यानले अन्तरवार्ता लिएको थियो । क्यानले अन्तिममा देसाईलाई नै नियुक्त गरेको हो ।

You might also like

Comments are closed.

Secret Link